Lucky-Khabar_

पर्सामा एक जना आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ

२६ चैत,वीरगञ्ज । आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। नेकमेकबाट प्राप्त साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ को आधारमा प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

content ad p2

पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सामाजिक सञ्जाल र डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबाट प्राप्त सूचनाको आधारमा नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा उक्त गिरफ्तारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडकले आफ्नो जिमेल अकाउन्ट र ड्राइभमा अश्लील तस्बिर राखेको सूचना नेकमेकले नेपाल प्रहरीलाई दिएको थियो। सोही सूचनापछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा अभियुक्तले प्रयोग गरेका तीनवटा मोबाइल नम्बरको विस्तृत विश्लेषणपश्चात पर्सा जिल्लाको वीरगन्ज –१ छपकैयाका एक पुरुषलाई पक्राउ गरिएको हो। प्रहरीले उनको परिचय भने गोप्य राखेको छ।

यही चैत २२ गते नियन्त्रणमा लिए पनि घटनाबारे आज मात्र प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो। प्रहरीले उनको साथबाट सम्बन्धित भिडिओसमेत बरामद गरेको जानकारी दिएको छ। उनी विरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर