Lucky-Khabar_

दाजुभाइमा जग्गाको विषयमा विवाद हुँदा बन्दुक ताकाताक

२७चैत्, वीरगन्ज। पर्सामा प्रहरीले जग्गाको विषयमा विवादमा भएको दाजुभाइको झगडामा बन्दुक निकालेर चलाउन खोज्ने एकजनालाई पक्राउ परेका गरेका छन् ।

प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।उनका अनुसार आज गाउँमा जग्गाको विषयमा विवाद भइरहेको थियो, त्यही बेला दाजु विरेन्द्रले आफूसंग भएको कटुवा पेस्तोलले निकालेर चलाउन खोजे ।

बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाइ पक्राउ गरेको प्रहरी प्रवक्ता लम्सालले जनाए ।१ थान कटुवा पेस्तोल र ३ राउण्ड गोली उनको साथबाट बरामद भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

content ad p2

जिल्लाको महुवनबाट प्रहरी चौकीबाट खटिएको टोलीले सखुवा प्रसौनीबाट उनलाइ पक्राउ गरेको हो । यसैगरी उनको साथबाट प्रहरीले ना २३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

बन्दुकसहित पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।हातहतियार तथा खरखजाना मुद्दामा उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले बताए ।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर