Lucky-Khabar_

पर्सामा भूमि समस्या समाधान आयोगले ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु

राम आर्य,
२८चैत्, वीरगन्ज । पर्सामा भूमि समस्या समाधान आयोगले जिल्लामा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु गरेको छ।

आयोगका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित बैठकमा यो अभियान औपचारिक रूपमा सुरु गरिएको हो। अभियानको पहिलो चरणमा पर्सागढी नगरपालिकामा ४७१ जना भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने लक्ष्य अध्यक्ष अहमदले बताए ।

यस्तै सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा पनि यस्तै कार्ययोजना लागू गरिने जानकारी दिइएको छ।अभियान आगामी बैशाखदेखि असारसम्म तीव्र रूपमा सञ्चालन हुनेछ।

content ad p2

अध्यक्ष अहमदले “हामी ३ महिनाभित्र लालपुर्जा वितरणको लक्ष्यसहित यो अभियान अगाडि बढाएका छौं”बताए ।उनले स्थानीय पालिकासँग सहकार्य गर्दै आयोगबाट खटिएका कर्मचारीलाई आवश्यक सहयोग गर्न पनि आग्रह गरे।

कार्यक्रममा आयोगकी केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीले यो आयोगलाई अन्तिम भूमि आयोगका रूपमा जनाउँदै देशभरिका सुकुम्बासीका समस्याको दीर्घकालीन समाधान गरिने बताइन्।“कानुनी जटिलता समाधान गरी सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” उनले भनिन्।

बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि अभियानप्रति समर्थन जनाउँदै सरकार गरिब, दलित र सुकुम्बासीको पक्षमा दृढ छ भन्ने सन्देश दिन आग्रह गरे।

बैठकमा आयोगका अन्य पदाधिकारी, जिल्लास्तरीय सरकारी निकायका प्रमुख, पालिका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।कार्यक्रममा आयोगका सदस्य सचिव राकेश कुमार झाले सहजीकरण गरेका थिए।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर