Lucky-Khabar_

बारा फेटामा ट्र्याक्टरको तेल ट्याङ्कीभित्र लुकाइएको ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

राम आर्य

content ad p2

२८ चैत,वीरगञ्ज । बाराको फेटा गाउँपालिकाबाट लागुऔषध तस्करीको एक प्रयासलाई विफल प्रहरीले पारेको छ। विशेष सूचनाको आधारमा निगरानी गरिरहेको प्रहरी टोलीले फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा ना ३ त ४७१४ नम्बरको एक ट्र्याक्टर जाँच गर्ने क्रममा १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर जस्तो देखिने लागुऔषध बरामद गरेको हो।

बाराबाट खटिएको प्रहरी टोलीले ट्र्याक्टरको इन्धन ट्याङ्की खोलेर हेर्दा प्लास्टिकमा बेरिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको थियो जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन्। दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर– २ का बासिन्दा भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानमा भारतबाट नेपाल भित्र्याइएको उक्त लागुऔषध कुनै नेटवर्कमार्फत नेपालमा बिक्री वितरण गर्ने योजना रहेको प्रहरीको आशंका छ।

नेपाल–भारत खुला सीमाका कारण बाराजस्ता सीमावर्ती जिल्लाहरू लागुऔषध तस्करीको संवेदनशील नाका बन्दै गएका छन्। यस्ता गतिविधि रोक्न प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच अभियानलाई तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले सामान्य सवारीसाधन प्रयोग गरेर तेलको ट्याङ्की, सिटमुनि वा अन्य लुकाउने स्थानहरूमा लागुऔषध ल्याउने प्रवृत्ति बढिरहेको बताए। उनले यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर