Lucky-Khabar_

वीरगञ्ज महानगरले सार्वजनिक गर्‍यो नयाँ शैक्षिक क्यालेन्डर

राम आर्य,
२९ चैत,वीरगञ्ज । नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर वीरगञ्ज महानगरपालिकाले सार्वजनिक गरेको छ । महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयमा नयाँ शैक्षिक सत्र २०८२ मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न संयुक्त शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

content ad p2


महानगर प्रमुख राजेशमान सिंहले शुक्रबार एक कार्यक्रमकाबीच शैक्षिक क्यालेन्डर सार्वजनिक गर्नु भएको हो । क्यालेन्डर अनुसार नयाँ शैक्षिक सत्र २०८२ मा २३३ दिन विद्यालय खुल्नेछ । बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु भई सोही दिनबाट ८ दिनसम्म विद्यार्थी भर्ना अभियान संचालन हुने छ ।


गर्मी विदा, प्रथम त्रैमासिक मूल्याङ्कन, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन लगायतका कार्यतालिका क्यालेन्डरमा समेटिएको छ । त्यस्तै जाडो विदा, अन्तिम मूल्याङ्कन, चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन र समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारीका विषयलाई समेत क्यालेन्डरमा समेटिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

क्यालेन्डर अनुरुप शैक्षिक गतिबिधि संचालन गर्न सबैलाई कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आग्रह गरे । कार्यक्रममा प्याब्सन, एन–प्याब्सनका प्रतिनिधि, विभिन्न विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर