Lucky-Khabar_

सुनको मूल्य नयाँ रेकर्डले तोलामा ३ हजार ९ सय रुपैयाँले वृद्धि

२९चैत, वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य आज पुनः लगातार बढेर नयाँ रेकर्ड तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको हो। अघिल्लो दिन बिहीबार यो मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ रहेको थियो।

content ad p2

यसरी हेर्दा एकै दिनमा सुनको मूल्य ऐतिहासिक रूपमा उच्च वृद्धि भएको देखिन्छ। मूल्य वृद्धिसँगै बजारमा सुनको कारोबार र आम उपभोक्ताको क्रय क्षमता प्रभावित हुने देखिएको छ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर