Lucky-Khabar_

सुनको मूल्य नयाँ रेकर्डले तोलामा ३ हजार ९ सय रुपैयाँले वृद्धि

२९चैत, वीरगञ्ज । नेपाली बजारमा सुनको मूल्य आज पुनः लगातार बढेर नयाँ रेकर्ड तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको हो। अघिल्लो दिन बिहीबार यो मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ रहेको थियो।

content ad p2

यसरी हेर्दा एकै दिनमा सुनको मूल्य ऐतिहासिक रूपमा उच्च वृद्धि भएको देखिन्छ। मूल्य वृद्धिसँगै बजारमा सुनको कारोबार र आम उपभोक्ताको क्रय क्षमता प्रभावित हुने देखिएको छ।

महासङ्घका अनुसार आज चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार चाँदी १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर