Lucky-Khabar_

भीषण गर्मीबाट राहत दिने उद्देश्यले बिरगंजमा चिसो पानी वितरण

बिरगंज, बैशाख २७

content ad p2

भीषण गर्मीले तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेका बेला बिरगंजमा सर्वसाधारण र यात्रुहरूलाई राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा निशुल्क चिसो पिउने पानी वितरण कार्यक्रम सुरु गरिएको छ।

शनिबार बिहान ११:०० बजेदेखि बिरगंजको प्रमुख व्यस्त स्थल घन्टाघर चौकमा सुरु गरिएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा पब्सन पर्साका अध्यक्ष सरोज चौधरीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालले गर्नु भएको हो भने उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, सचिव लाल बाबु सिंह, सहसचिव अजित भुजेल, सदस्यहरू जय कुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालको योगदानको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा जनहितका कार्यक्रमहरू गर्दै आइरहेको छ। यस कार्यक्रममार्फत घन्टाघर क्षेत्र भएर यात्रा गर्ने पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई तत्कालीन राहत प्रदान गरिनेछ।

प्रतिष्ठानले आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

सम्बन्धित खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर

नागरिकसँग मागे माफी, कमजोरी सुधार्दै जनताको हितमा समर्पित हुने प्रतिबद्धता:गाउँपालिकाका अध्यक्ष यशवन्त  यादव

लक्की खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel