Lucky-Khabar_

वीरगञ्जमा झुटा उजुरी दर्ता गरी अदालतलाई गुमराहमा पार्ने प्रयासमा पत्रकार चौरसिया विवादमा पुनः मुछिए

२५बैसाख, वीरगञ्ज ।वीरगञ्जमा झुटा उजुरी दर्ता गरी अदालतलाई गुमराहमा पार्ने प्रयासमा पत्रकार चौरसिया विवादमा पुनः मुछिएका छ | आफूलाई पत्रकार भन्दै आएका वीरगञ्जका रञ्जित चौरसिया झुटा विवरण र किर्ते कागजातमार्फत पाँच निर्दोष व्यक्तिलाई फसाउने प्रयासमा मुछिएका छन्। उनले आफ्ना बुवा सुबाष प्रसाद चौरसियाको नाममा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा झुटा उजुरी दर्ता गराई अदालतलाई गुमराहमा पारेको आरोप लागेको छ।

घटनाको प्रारम्भमा जिल्ला प्रहरी कार्यालय पर्साले झुटा विवरणका कारण उजुरी लिन अस्वीकार गरे पनि पछि अदालतको निर्देशनात्मक आदेशपछि प्रहरीले मुद्दा दर्ता गर्नुपरेको बताएको छ। पीडित पक्षका अनुसार सामान्य घरेलु विवादलाई अतिरञ्जित गरी ‘चुरा प्रहार’ जस्तो झुटो विवरण बनाई अदालतमा पेश गरिएको हो।

यसअघि चौरसियाविरुद्ध पोखरिया नगरपालिकाका तत्कालिन नि. प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसहित पाँच जनाले साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरेका थिए। सामाजिक सञ्जालमा चरित्र हत्या र बेइज्जती गर्ने स्टाटस लेखेको आरोपमा उनी पक्राउ परे पनि धरौटीमा रिहा भएका थिए। अहिले सो मुद्दा जिल्ला अदालत पर्सामा विचाराधीन अवस्थामा छ।

content ad p2


पीडित पक्षको दाबी अनुसार, चौरसियाले उक्त साइबर अपराध मुद्दाको प्रतिशोधस्वरूप आफ्ना बुवालाई अगाडि सार्दै पुनः पाँच निर्दोष व्यक्तिलाई फसाउने प्रयास गरेका हुन्। स्थानियहरूले पनि घटनास्थलमा संलग्नता नभएका व्यक्तिहरूलाई मुद्दामा तानिएकोप्रति आक्रोश व्यक्त गरेका छन्।


पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले शुरुवाती अनुसन्धानमा उजुरी झुटो देखिएको र अदालतबाट परमादेशपछि अनुसन्धान थालेको बताएका छन्। उनले ५ मध्ये २ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

यसैबीच, समावादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष तथा कालिका टाइम्स दैनिकका सम्पादक शम्भु कुमार सुमनले चौरसियाविरुद्ध पत्रकार समुदायबाट चाँडै विरोधको स्वर उठ्न सक्ने बताए। चौरसियाले पटक–पटक विवादमा मुछिँदै स्वच्छ छवि भएका राजनीतिककर्मी र पत्रकारमाथि चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मनोज चौधरीले झुटा विवरणमार्फत निर्दोष फसाउने र अदालतलाई गुमराह पार्न खोज्ने रञ्जित चौरसिया, उनका बुवा सुबाष चौरसिया र योजनाकार राघव साहलाई कानुनी दायरामा ल्याउने कुनै कसर बाँकी नराख्ने चेतावनी दिएका छन्।एजेन्सी

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर