Lucky-Khabar_

युवा समाज वीरगन्जद्वारा घाइतेलाई राहत सामाग्री सहयोग

लालबाबु सिंह,राम आर्य
२५ वैशाख वीरगन्ज । वीरगन्ज युवा समाजद्वारा आज एक समारोह बिच मकवानपुरका घाईते कमल शिवाभक्तिको परिवारलाई खाद्यान्य तथा लताकपडा सामाग्री सहयोग गरेको छ ।
मकवानपुर जिल्लाको बुंगड़ेल गढ़ी निवासी कमल सिवाभक्ति केही दिन अघि पात टिप्पने क्रममा रुखबाट लडेर सख्त घाईते हुन पुगेको खबर युवा समाजका अध्यक्ष संजीव थापालाइ प्राप्त भएको थियो ।

एउटा बुढ़ी आमा र दुई दाजु भाई को तीन जनाको परिवारमा बुढ़ी आमा पारालाइसिसले गर्दा केहि वर्ष देखि नै बेड बाट उठन नसक्ने दुख्द अवस्थामा छिन । यसरी घर चलाउने ब्यक्ति नै घाइते हुँदा घरको आर्थिक हालत निकै नै खराब भएर हातमुख जोर्न कठिनाई हुँदै आएकोले वीरगंज युवा समाजको टोली त्यहाँ पुगी करीब ६ महीना पुग्ने खाद्यान्य तथा लताकपडा पीड़ित परिवारलाई हस्तान्तरण गरेको छ ।

परिवर्तन को निम्ति वीरगन्ज युवा समाज को मुल मन्त्रलाइ आत्मसात गर्दै सेवा नै धर्म हो कथनलाई धरातलमा उतार्न समाजमा रहेका कुरिती बिसङ्गती हरुलाइ निराकरण गर्दै दिन दुखी असहायको सेवा सहयोगमा मानवीय सेवा गर्दै आएको छ चाहे त्यो विनाशकारी भुकम्पको समय होस चाहे त्यो करोना कालको डरलाग्दो समयमा होस, बिभिन्न आपत बिपतको बेला दुख पिडामा रहेका मानवहरुको सेवा सहयोग निरन्तर रुपमा वीरगंज युवा समाजले गर्दै आएको र भविष्यमा पनि सम्पुर्णको साथले यसलाई निरंतरता दिने समाजका अध्यक्ष संजीव थापाले जानकारी दिए ।

समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजका रोशन गुप्ता, बिनोद धिमाल, मनोज गुप्ता, सुशील सिंह, बन्दना चौधरी, गायत्री कुमारी चौधरी, कमलेश सर्राफ, सुबोध श्रीवास्तव, विक्रांत खनाल तथा बेंटि सिंहको सहभागिता रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर