Lucky-Khabar_

सञ्चार उद्यमी कविता खड्का ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर २०२५’ बाट सम्मानित

२५ बैशाख, वीरगञ्ज । महिला सञ्चार उद्यमी वीरगंजकी कविता खड्का वर्ष २०२५ का लागि ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ सम्मानबाट पुरस्कृत भएकी छन्। काठमाडौंमा आयोजित विशेष समारोहमा खड्कालाई एकाउन्न हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।

content ad p2

यो अवार्ड विभिन्न उद्यमशील क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै नयाँ महिला नेतृत्व स्थापित गर्नेलाई प्रदान गरिन्छ। कविता खड्का ‘मध्य नेपाल’ साप्ताहिक पत्रिका तथा अनलाइन सञ्चार माध्यमकी सम्पादक हुन्। उनले १२ वर्षदेखि स्थानीय मुद्दा, महिला सशक्तिकरण, पारदर्शी शासन प्रणाली र विकासका विषयमा केन्द्रित पत्रकारिता गर्दै आएकी छन्।

खड्का एक दशकभन्दा बढी समयदेखि पत्रकारिता र सञ्चार उद्यममा सक्रिय रहँदै आएकी छन्। उनी महिला नेतृत्व, सञ्चार उद्यम र सामाजिक रूपान्तरणको पक्षमा आवाज उठाउने महत्वपूर्ण पात्रको रूपमा उदाउँदै आएकी छन्। यही कारणले उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।

सम्मान प्राप्तिपछि प्रतिक्रिया दिँदै खड्काले भनिन्, “यो सम्मानले मेरो जिम्मेवारी झन् बढेको छ। अब महिला पत्रकारिता र सञ्चार उद्यममा नयाँ पुस्तालाई उत्प्रेरित गर्दै, स्थानीय आवाजलाई अझ मजबुत बनाउने लक्ष्यमा काम गर्नेछु।”

उनले आफू सञ्चारमार्फत आवाजविहीनहरूको आवाज बन्ने, सामाजिक मुद्दाहरूमा केन्द्रित रहेर पत्रकारिता गर्ने तथा महिलालाई आत्मनिर्भर बनाउने अभियानमा सक्रिय रहेको पनि बताइन्।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर