Lucky-Khabar_

इजरायलको गाजामा ३ दिनदेखि लगातार आक्रमण, आज २० जनाको ज्यान गएको

२ बैसाख,काठमाडौं| इजरायलले गाजामा ३ दिनदेखि लगातार आक्रमण गरेको शक्तिशाली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ ।

content ad p2

इन्डोनेसियाली अस्पतालमा २० जनाको शव गणना पुष्टि गरिएको अधिकारीहरुले बताएका छन् । इजरायलले फेरि एक पटक गाजामा शक्तिशाली र घातक हवाई आक्रमण गर्दा अरू धेरै मानिस घाइते भएका छन् ।
इजरायलले पछिल्ला केही दिन यता गाजामा निरन्तर आक्रमण गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा रहकै बेला आक्रमण भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबिच युद्धविराम गराउन धेरै महत्त्वपूर्ण प्रयासहरू पनि गरेका छन् । इजरायल र हमासबिच जारी द्वन्द्वका बेला इजरायलले गाजामा घातक हवाई आक्रमण गरेको यो लगातार तेस्रो दिन हो ।

यसअघि बिहीबार इजरायलले दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण गर्दा ५४ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए । बुधबार उत्तरी र दक्षिणी गाजामा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर