६ जेष्ठ वीरगन्ज । महालक्ष्मी विकास बैंकको ३१ औ वार्षिकोत्सब को अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्ज श्रीपुर शाखा मुर्लिको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित २४ जनाले रक्तदान गर्नु भएको छ ।

सो रक्तदान कार्यक्रम महालक्ष्मी विकास बैंक श्रीपुर शाखाका प्रबन्धक ललन साह कानु को अध्यक्षता एवं डाइरेक्टर समाजसेवी श्याम सुन्दर रुङटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ|
कार्यक्रममा बिशिस्ट अतिथी करपोरेट डेभलपमेन्ट बैंकका CEO लाल बहादुर थिङ्ग,गृहेश्वरी बैंक फाइनान्स का मधेश प्रदेश प्रमुख राजेश गुप्ता अतिथिहरुमा महालक्ष्मी विकास बैंकका मधेश प्रदेश प्रमुख सुदिप चन्द्र पोखरेल,कलैया शाखा प्रबन्धक अरुण कुमार यादव,सिमरा शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी ,वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,सिप्रदी वीरगन्ज का राजेश श्रीवास्तव ,कार्यक्रम सन्योजन गर्ने बैकका सुशिम अधिकारी लगायत कर्मचारी ग्राहक स्थानीयहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी बैंकका डाइरेक्टर समाजसेवी रुङटाले रक्तदानले कसैको जीवन जोगाउने भएकोले नै यसलाइ जिवनदान भनिन्छ र रक्तदान नै एउटा यस्तो कार्य हो जस्ले कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै सम्पुर्ण ग्राहकवर्ग, अतिथिजनहरुलाइ वार्षिकोत्सबको बधाई शुभकामना दिएका थिए ।
सो अवसरमा अध्यक्ष कानुले रक्तदान नै जिवनदान भएकोले बैंकले प्रत्येक बार्षिकउत्सव कार्यक्रममा यसलाइ प्रमुखताको साथ समावेश गर्ने गर्दछ र आजै मात्र देश व्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको जानकारी गराउदै रक्तदान गरि मानवता बलियो बनाएने सम्पुर्ण रक्तदाता प्रती आभार जताउनु भयो ।
रक्तदान गर्ने हरुमा सन्जु श्रेष्ठ ,तब्बसुम खातुन,मुस्कान साह ,चन्द्र शेखर पंडित,सुदिप चन्द्र पोखरेल,सदाम अन्सारी ,बिरेन्द्र प्रसाद हजाम,शिव जि यादव,ओम प्रसाद पटेल,नाजिर हुसैन,शिवनन्दन प्रसाद चौहान,विशाल साह कानु,विवेक ठाकुर लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।
सो अवसरमा बैंकका मधेश प्रदेश प्रमुख पोखरेलले बैंकको वार्षिकोत्सब को अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोज्स्ना गरि मनाउने क्रममा प्रत्येक वर्ष झै यश वर्ष पनि मधेश प्रदेशमा वीरगन्जको श्रीपुर शाखामा रक्तदान गरि सामाजिक उत्तरदायी अनुसार कसैको जीवन बचाउनु मानवको सबै भन्दा ठूलो धर्म र कर्म भएकोले सम्पुर्णलाई रक्तदान गर्न आग्रह गर्दै सम्पुर्ण रक्तदाता ,ग्राहक ,सहयोगी हातहरुलाइ धन्यवाद बधाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा रहेको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।



