Lucky-Khabar_

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन र विष्णु प्रसाद जोशी नियुक्त

२० जेठ,काठमाडौं ।काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन र विष्णु प्रसाद जोशी नियुक्त भएको छ | महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।

content ad p2


महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई उक्त जिम्मेवारी सुम्पेका हुन्।

साथै जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ। यसको बोधार्थ मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर