Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)पर्साको बहुदरमाई नगरपालिका–३, नगरदाहमा प्रथम वडा भेला समपन्न

३१ जेठ, वीरगञ्ज ।आज शनिवार राष्ट्रिय स्वतन्त्र(रास्वपा) पार्टी पर्साको बहुदरमाई नगरपालिका–३, नगरदाहमा प्रथम वडा भेला समपन्न भएको छ | वडा भेलाकार्यक्रममा पार्टीका बिभिन्न वक्ताहरुले रास्वपा सम्बन्धि आआफ्नो मन्तब्य राखेका थिए |

मन्तब्यको क्रममा राष्ट्रिय स्वतन्त्र(रास्वपा) पार्टीका केन्द्रिय सदश्य डा.नन्दन यादवाले सबै पार्टीहरुले नेपाली जनतालाई सधै ओझेलमा राखी आआफ्नो बिकासको मात्र काम गरे तर रास्वपा मात्र यस्तो पार्टी हो जुन जनताको लागी काम गर्छ भनि बताए | अन्य पार्टीले भ्रस्टाचारिलाई संरक्षक दिने कार्य गरिरहेको छ भने रास्व्पा पार्टी मात्र हो जुन भ्रस्टाचार मुक्त देश बनाउछ उनले बताए|

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देशको समृद्धिका लागि अब नेपालमै आधारित ‘नेपालवाद’ आवश्यक रहेको बताएका छन्।सभापति पन्तले मार्क्स, लेनिन र माओले पनि तत्कालीन समयमा आ(आफ्नो देशको वस्तुस्थिति र परिस्थितिको अध्ययन तथा आकलन गरेर ती वादहरू प्रतिपादन गरेको उल्लेख गर्दै नेपालको सन्दर्भमा माओवाद, मार्क्सवाद र लेनिनवादको कुनै अर्थ नरहेको दाबी गरे।

content ad p2

साथै  पर्सा क्षेत्र न.२का  रास्वपा क्षेत्रीय सभापति फैयाज अन्सारीले अबको ८४ को चुनावमा देशमा घन्टी आए मात्र देशको कल्याण हुन्छ भनि बताए | उनले बहुदर माई नगरपालिका वडा नं.३पर्सामा   वडा भेला र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भए को छ उक्त कार्यक्रममा पार्टी प्रवेश को संख्या ५० को थियो भनि जानकारी गराए ।

उक्त भेला राजकिशोर साहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा राजु यादव, सचिवमा शत्रुधन यादव र सदस्यहरूमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिता देवी, संगीता देवी, सीतापति देवी, सफिना खातुन र कुश्मा देवी पासवान रहेका छन्।


यस्तै सो भेला कार्यक्रममा पार्टीका बिभिन्न तहका नेताहरु प्रदेश स्तरीय संगठन उप प्रमुख प्रमोद रायमाझी,यातायात बिभाग प्रमुख राम आर्य,खेलाकुद बिभाग उप प्रमुख नन्दन गुता, पार्टी जिल्ला सदश्य पूर्ण सापकोटा ,दुई न.क्षेत्रीय सभापतिफैयाजअन्सारी,पोखरिया नगर पार्टी सभापति प्रदिप पटेल,वडाका जनसमुदाय तथा बिभिन्न पत्रकारहरुको विषेस उपस्थिति रहेका थिए |

रास्वपा बहुदरमाईका नगर सभापति चन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त भेलालाई केन्द्रीय सदस्य डा। नन्दन यादव, दिलीप कुर्मी, सुदीस प्रजापति लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर