Lucky-Khabar_

प्रचण्डलाई प्रश्न- भिजिट भिसा प्रकरणसँग अग्नि सापकोटाको मुद्दा साट्नुभएको हो ?

३१जेठ,काठमाडौ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदनको अवरोध खुल्नु र पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।

content ad p2


शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मानिसहरूले गलत कुराको प्रचार गरिरहेको बताए ।


देश र जनताको हितका निम्ति आफूहरू संसद् खोल्न तयार भएको उनको भनाइ छ । ‘यो बिल्कुल गलत कुरा हो । वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्। त्यस्तो केही नि होइन। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन,’ भिजिट भिसा प्रकरणमा अग्नि सापकोटाको मुद्दा साट्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘देश र जनताको हितको निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने र कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिराख्छ। अहिले आवश्यक ठानेर गरियो। छानबिन एक महिनाभित्र समिति बनाएर जाने सहमति भएपछि हामी संसद् खोल्न सहमत भएका हौ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै आएको माओवादी ब्याक भएपछि शुक्रबार सदन खुलेको थियो । रास्वपाले भने अवरोध जारी राखेको छ । एकाएक आफ्नो अडानबाट ब्याक भएपछि माओवादीले कुनै स्वार्थमा सरकारसँग सहमति गरेको टिप्पणी भैरहेको छ ।

सदनमा गर्नैपर्ने धेरै कामहरू रोकिएकाले तिनलाई अगाडि बढाउन सदन खुलाउन तयार भएको उनले बताए ।

तर, सदनमा गृहमन्त्रीले बोलेको कुराको जिम्मा भने उनैले लिनुपर्ने प्रचण्डको भनाइ छ । ‘हामीले एकातिर संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुछ, शिक्षासम्बन्धी ऐनलाई अन्तिम रूप दिनुपर्ने छ, टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। त्यो सबैलाई हेरेर सहमति गरेका हौं । के माओवादीले सदन अवरुद्धै गर्दिएपछि देशको हित हुन्थ्यो भन्ने लाग्छ ?,’ प्रश्न गर्दै उनले भने, ‘गृहमन्त्रीले के बोल्नुभयो त्यो उहाँकै कुरा हो । त्यसको जिम्मेवार उहाँ नै हो। हामीले भनेको के मात्रै हो भने छानबिन हुनुपर्छ। यो विषय धेरै गम्भीर छ। अहिलेको गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन यो विषय। यो धेरै पहिलेदेखिको अत्यन्त संवेदनशील विषयको रूपमा छ। त्यसकारण सुशासनको निम्ति यसको छानबिन हुनुपर्‍यो । त्यो कुरामा सहमति भएपछि हामीले चाहिँ अहिलेको आवश्यकता अनुसार देशको निम्ति यो जरुरी छ भनेर गरेका हौं ।’

आफूहरूको सरकारमा जाने कुनै तयारी नरहेको प्रचण्डले बताए । ‘हाम्रो आफ्नै सिद्धान्त र लाइन छ। सरकारमा जाने कुनै तयारी छैन,’ दुई बुँदे सहमति गरेर कांग्रेससँग सम्बन्ध सुधार भएको हो भन्ने प्रश्नमा उनले भने,’ सम्बन्ध के भयो भन्ने भोलिका दिनमा देखिएला ।’एजेन्सी:लोकान्तर

सम्बन्धित खबर

जनताको भोटबाट बनेको सरकार ठुलो कि पार्टीको कोठाबाट बनेको न्यायाधीश?

लक्की खबर

किन ट्रेन्डिङमा छन् युट्युबका ‘मुख्य समाचार’? यस्तो छ भ्यूज र भाइरल भिडियोको भित्री रहस्य।

लक्की खबर

नयाँ सरकारका निर्णयमाथि भर्चुअल दुनियाँमा महासंग्राम: तात्तातो बहसले ततायो इन्टरनेट

लक्की खबर