राम आर्य
३० जेठ, वीरगञ्ज ।सशस्त्र प्रहरी बल पर्साद्वारा मोटरसाइकल र नगद १८ लाखसहित ब्यक्ति पक्राउ परेको छ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ|

वीरगञ्ज म.न.पा.-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्जतर्फ जाने बाटोमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AT0475 नम्बरको मोटरसाईकलमा सवार वीरगञ्ज म.न.पा., वडा नं. २ छप्कैया बस्ने बर्ष १९ को राहुल कुमार तिवारी रहेको छ|

तिवारीले मोटरसाईकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ रु.१३,००,०००।-सहित उक्त कार्यमा प्रयोग भएको मो.सा. र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

साथै आजकै मितिमा सोही गुल्मबाट खटिएको अर्को टोलिले वीरगञ्ज म.न.पा.-१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको कालो/नीलो रङ्गको HERO GLAMOUR मोटरसाईकलमा सवार जिल्ला बारा, प्रसौनी गा.पा., वडा नं. २, प्रसौनी बस्ने बर्ष ४० को कौशल कुमार गुप्ताले शरीरको विभिन्न भागहरुमा लुकाई छिपाई अबैध रुपमा चोरी पैठारी गरि ल्याउँदै गरेको नेपाली रुपैयाँ रु. ५,००,०००।- सहित उक्त कार्यमा प्रयोग भएको मो.सा. र व्यक्ति समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंह जानकारी गराउनु भएको छ ।



