Lucky-Khabar_

नक्कली पीडित खडा गरी पार्टी कार्यालयमा मेरा विरुद्ध जाहेरी तयार गरिँदैछ:गृहमन्त्री लेखक

३० जेठ, काठमाडौं । आफूविरुद्ध विभिन्न पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी दर्ता गर्ने प्रयास भइरहेको गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन्।गृहमन्त्री लेखकले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गर्दै यस्तो जिकिर गरेका हुन्।

content ad p2


उनले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरूमा नक्कली, तथाकथित पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरू लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्।’

गृहमन्त्री लेखकले ती जाहेरीहरू कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको बताउँदै नक्कली पीडित खडा गर्ने मानिसहरूलाई पत्ता लगाएर कारबाही गरिने चेतावनी दिएका छन्।

उनले थपे, ‘त्यस्ता कीर्ते, जालसाझी काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ।’

रास्वपालाई संकेत गर्दै गृहमन्त्री लेखकले भने, ‘तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन्।’

भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै प्रमाण नभएको भन्दै उनले जाहेरी वा उजुरी नै नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको बताए। आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको समेत गृहमन्त्री लेखकले जिकिर गरेका छन्।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर