Lucky-Khabar_

वीरगन्जका उच्च अदालत जनकपुर अस्थायी इजलास न्यायाधीशहरूका १३ जना पिएसओ तानिए

राम आर्य
३० जेठ, वीरगञ्ज ।वीरगन्जका उच्च अदालत जनकपुर अस्थायी इजलास न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् । बिहीबार दिउँसो न्यायाधीश खुशी थारूमाथि नेकपा बहुमतका नेताहरूबाट मोसो प्रहार भएपछि १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् ।

त्यस्तै अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।

प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।

content ad p2

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर