Lucky-Khabar_

न्यायाधीशमाथि मोसो दल्नेको रिहाइ माग गर्दै काठमाडौंमा प्रदर्शन, ७ जना पक्राउ

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीशमाथि मोसो दल्ने व्यक्तिहरूको रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शनमा उत्रिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

content ad p2

शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध सर्जन पाण्डे, हरि विष्ट, उषाकिरण कामी, सक्षम विक, झलक विक र सर्जन कामी (एकै नामका दुई व्यक्ति) रहेका छन्।

उल्लेखनीय छ, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि बिहीबार नेकपा बहुमतका कार्यकर्ताले इजलासमै मसी छ्यापेर दुर्व्यवहार गरेका थिए। न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले अफताब आलमलाई रिहा गर्ने फैसला सुनाएका थिए।


प्रहरीले न्यायाधीश थारूमाथि मोसो प्रहार गरेको आरोपमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदमबहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोलाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना नेकपा बहुमत पार्टीका कार्यकर्ता हुन्।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर