Lucky-Khabar_

वीरगञ्जमा मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भई दुईको मृत्यु, एक गम्भीर घाइते

३० जेठ, वीरगञ्ज ।वीरगञ्जमा मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भई दुईको मृत्यु, एक गम्भीर घाइते भएका छन्।

content ad p2

मृतकहरू पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन्। उनीहरू सवार मोटरसाइकल वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा दुर्घटनामा परेको हो।

प्राप्त जानकारी अनुसार शुक्रबार बिहान ५ बजेतिर भुस लोड गरिरहेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रक सडकमा बिग्रिएर रोकिएको थियो। सोही समयमा सिर्सिया बाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै नारायणी अस्पताल पुर्‍याइएका रामाकान्त र विजयको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको र हाल चालकको खोजी जारी रहेको डीएसपी लम्सालले बताए।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर