Lucky-Khabar_

वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुदा १० जना घाइते

३१जेठ,हेटौंडा ।हेटौंडा उपमहानगरपालिका–१५ डाईभरडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो बसको ब्रेक फेल हुँदा श्रृंखलाबद्ध दुर्घटना हुदा परी १० जना घाइते भएका छन्।

content ad p2

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब ३ः२० बजे वीरगन्जबाट हेटौंडा तर्फ जाँँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएको थियो।

अनियन्त्रित बनेको बसले सुरुमा विपरित दिशाबाट आइरहेको एउटा अनटेस्ट कारलाई ठक्कर दियो। त्यसलगत्तै बसले आफ्नो अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्यांकरलाई समेत पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।श्रृंखलाबद्ध ठक्करपछि पनि नरोकिएको बस घटनास्थलबाट करिब सय मिटर पर पुगेर सडक छेउको रुखमा ठोक्किएपछि रोकिएको थियो ।

दुर्घटनामा बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी कुल १० जना घाइते भएका छन्। उनीहरु सबैलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने ४ जनाको अवस्था सामान्य छ। दुर्घटनामा कारमा बढी क्षति पुगेको छ भने ट्यांकरको पछाडिको भागमा सामान्य क्षति भएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर