Lucky-Khabar_

रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर वृद्धको मृत्यु

content ad p2

१ असार, रौतहट।रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं। १ जयनगरमा चट्याङ लागेर आज बिहान एक वृद्धको ज्यान गएको छ।

चट्याङ लागेर मृत्यु भएको  ६५ वर्षीय सियाराम बनिया हो। बिहान मौसम खराब भई पानी पर्न थालेपछि बनिया घर अगाडि बाँधिएको बाख्रा फुकाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका थिए जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्|।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर