Lucky-Khabar_

प्रधानमन्त्री केपि ओलि बिरुध्द र रबि लामिछानेको पक्षमा भिडियो बनाउने रमा बस्नेत प्रहरी द्वारा पक्राउ

१असार,काठमाडौँ । प्रधानमन्त्री केपि ओलि बिरुध्द र रबि लामिछानेको पक्षमा भिडियो बनाउने रमा बस्नेत प्रहरी द्वारा पक्राउ परेकि छिन। सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय। बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।

ब्युरोका अनुसार आरोपित बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री पोस्ट गर्दै आएकी थिइन् । उनले विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषय उठान गरेर समाजमा नकारात्मक धारणा फैलाउने र चरित्र हत्या गर्ने गरेको ब्युरोको आरोप छ ।

सामाजिक सञ्जालमा भ्रामक र द्वेषपूर्ण सामग्रीबारे उजुरी परेपछि ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा बस्नेतको संलग्नता खुलेपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

content ad p2

बस्नेत विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा हिरासतमा राखी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । केपी शर्मा ओली, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल विरुद्ध तथा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेनको पक्षमा बनाएका भिडिओहरू बस्नेतको टिकटकमा देख्न सकिन्छ ।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर