Lucky-Khabar_

भारतीय चलचित्र ‘हाउसफुल ५’लाई लगानी उठाउन सकस

५असार, नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमारको हाउसफुल ५ ले आफ्नो बजेट समेत निकाल्न नसक्ने देखिएको छ । फिल्मको कमाई लगातार घट्दै गइरहेको छ । अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनित फिल्म हाउसफुल ५ धूमधामका साथ रिलिज भएको थियो । फिल्मबाट अक्षयका फ्यानले धेरै अपेक्षा गरेका थिए ।

तर यी सबै आशा चकनाचुर भए जस्तो देखिएको छ । रिलिज भएको १३ औं दिनमा फिल्मको कमाइमा भारी गिरावट आएको छ । बुधबार फिल्मले बक्स अफिसमा ३ करोड भारु मात्रै कमाएको छ । मंगलबार फिल्मले ४ करोड २५ लाख भारु कमाएको थियो । यसअघि सोमबार फिल्मको कमाई ३ करोड ७५ लाख थियो । अहिलेसम्म फिल्मले १६५ करोड २५ लाख भारु मात्रै कमाएको छ ।

पहिलो दिन २४ करोड रुपैयाँ कमाएको यो फिल्मले पहिलो हप्तामा १२७ करोड २५ लाख भारु कमायो । फिल्मले पहिलो आइतबार सबैभन्दा धेरै ३२ करोड ५० लाख भारु कलेक्सन गरेको थियो ।

content ad p2

फिल्मको बजेट २२५ करोड भारु रहेको बताइएको छ । फिल्मको कलेक्सन जुन गतिले अघि बढिरहेको छ यसलाई हेर्दा फिल्मले लगानी नउठाईकन हलबाट बाहिरिने स्थिति देखिएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर