Lucky-Khabar_

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए

५असार,बिरगंज|अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिएको छ | उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश न्यायपरिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जन बिहीबार न्यायपरिषद् तानिएका हुन् ।

उनी दुई न्यायाधीशहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ ।न्यायधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो ।

content ad p2

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका सूचना अधिकारी शम्मी कपुर साहलाई यसबारेमा जानकारी लिन खोज्दा वीरगन्जबाहिर रहेकाले यसबारे बोल्न चाहेनन् ।

न्यायाधीश थारू र महर्जनमाथि न्यायपरिषदमा उजुरी परेको छ । रौतहट बम काण्डमा मृत्यु भएका भनिएका पिन्टु सिंहका पिता त्रिलोकप्रताप सिंह र युवराज सफलले दुवै न्यायाधीशउपर छानबिनको माग गरेका छन् । साथै यस विषयमा कानुनमन्त्रीसमेतको संलग्नता रहेकाले उनको कल डिटेल जाँच्न पनि माग भएको छ । कानुन व्यवसायीहरूको संगठन र संसदमा समेत उक्त फैसलामा कानुनमन्त्री जोडिएको भन्दै छानबिन गर्ने विषय उठेको छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर