Lucky-Khabar_

भारतको महावाणिज्य दूतावास, वीरगंजद्वारा जनकपुरधाममा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न

६असार,जनकपुर।धनुषाको जनकपुरमा ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगंज (नेपाल) द्वारा तिरहुतिया गाछीमा विशेष योग शिविरको हिजो आयोजना गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

content ad p2

त्यस्तै प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह, प्रदेश सांसदहरू, स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकृतहरू, विद्यालयका विद्यार्थी, पञ्चायती योग समितिका प्रतिनिधि, नागरिक समाजका सदस्य लगायत सयौं जनसमुदायको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री सतिश कुमार सिंहले योगले मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको अभ्यासलाई जीवनशैलीको हिस्सा बनाउन सबैलाई आग्रह गरे। उनले योग दिवसको सन्देश जनकपुरधाम जस्तो धार्मिक र सांस्कृतिक सहरमा फैलिनु ऐतिहासिक अवसर भएको उल्लेख गरे।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघ महासभामा सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव पारित भएको स्मरण गराउँदै भारतका महावाणिज्य दूतावासका श्री देवी सहाय मिनाले योगले विश्व स्वास्थ्यमा पुर्‍याएको योगदान बारे प्रकाश पारेका थिए।

सो कार्यक्रम सफल बनाउन पतञ्जली योग समिति सहित विभिन्न संघसंस्थाको सहकार्य रहेको थियो। करिब १००० जना सहभागी रहेको कार्यक्रममा सबैले उत्साहपूर्वक योग आसन र प्राणायाममा भाग लिएका थिए।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर