Lucky-Khabar_

पर्साको बहुदरमाईका निमित्त हाकिम अजय श्रीवास्तव अख्त्रियारद्वारा पक्राउ

६असार,बिरगंज| पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

आयोगले दिएको जानकारी अनुसार, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा श्रीवास्तवलाई पक्राउ गरिएको हो ।

श्रीवास्तवमाथि अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगकाे एक अधिकृतले जनाएको छ ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ ।

content ad p2

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर