Lucky-Khabar_

डेढ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय महिला पक्राउ

१५ साउन,काठमाडौं । डेढ किलो कोकिनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एकजना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीया रुबिना अब्दुल्लाह शेख रहेकी छिन्।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार उनको गतिविधि शंकास्पद देखिएपछि पक्राउ गरेको थियो। एसएसपी कृष्ण कोइरालाका अनुसार, शेखले ह्यान्ड ब्यागको भित्री भागमा विशेष तरिकाले तयार पारिएको प्लास्टिकको ट्युबमा कोकिन लुकाएर ल्याएको पाइएको हो।

उनीबाट सोधपुछका क्रममा कोकिन लिन आएका अर्का एक भारतीय नागरिक अरुणप्रताप पनि पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। दुवैजनालाई लागूऔषध कारोबारसम्बन्धी अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
त्यस्तै प्रहरीले नागार्जुन नगरपालिका–३, इचंगुनारायणबाट पनि कोकिन कारोबारमा संलग्न रहेको आरोपमा थप दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय इरिट्रेरियन नागरिक युसुफ एटोम र ४४ वर्षीय रसियन नागरिक एन्ड्रिई मल्सेभ रहेका छन्। शंकास्पद अवस्थामा फेला परेपछि एटोमलाई पक्राउ गरिएको र उनी बसेको होटल कोठाबाट रसियन नागरिक मल्सेभ पनि पक्राउ परेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

content ad p2

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर