Lucky-Khabar_

ग्रीनसिटी सामुदायिक प्रहरीसेवा केन्द्रद्वारा बृहत वृक्षारोपण कार्यक्रम

१५साउन,बिरगंज |आज बिहीवार ग्रीनसिटी सामुदायिक प्रहरीसेवा केन्द्र आदर्शनगर वीरगंजद्वारा बृहत वृक्षारोपण कार्यक्रम भएको छ |

content ad p2

बिहान ७:४५ बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाको कार्यालयय वीरगंज पर्सा, राष्ट्रपति चुरे तराई मधेशसंरक्षण विकास समिति भरतपुर चितवनत तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर पर्साको सँयुक्त आयोजनामा महानगरपालिकाका वडा नं १६ बाईपास रोड वैष्णवी मंदिर चौक देखि लिएर नयाँ बसपार्क सम्म बृहत वृक्षारोपण कार्यक्रमका भएको हो |


उक्त कार्यक्रमको अध्यक्षता प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमु खराजेशमान सिँह तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नु भएको थियो |

त्यस्तै सो कार्यक्रममा नागरिक समाज समाजसेवी बुद्धिजीवी,सुरक्षा निकायका पदाधिकारी, बिभिन्न राजनैतिक दलका जनप्रतिनिधी,सरकारी गैर सरकारी संघ संस्थाका प्रतिनिधि, सन्चारकर्मी तथा यस सेवा केन्द्रका पदाधिकारीजहरु लगायत अन्दाजी २५ जनाको सहभागिता रहेका थिए

कार्यक्रममा सहभागी मध्ये सञ्चारकर्मी अभिलाष गुप्ता, सुश्मिता यादव, उपाध्यक्ष संजय शर्मा, सदस्य राकेश अग्रवाल, चन्द्र अग्रवाल, ललित अग्रवाल, शुशिल कादमियाँ, साथै प्रहरीतर्फ वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउद पनि सहभागी थिए।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर