Lucky-Khabar_

श्रीमानबाट चरम घरेलु हिंसा, मानसिक शोषण र सामाजिक अपमान खेप्छु , तर सम्बन्धविच्छेद गर्दिन”न्यायका लागि रोशनी साहको अन्तिम चेतावनी

१५साउन, रौतहट ।श्रीमानबाट चरम घरेलु हिंसा, मानसिक शोषण र सामाजिक अपमान खेप्दै “बाँचु कि मर्छु भन्ने अवस्थामा छु, तर सम्बन्धविच्छेद गर्दिन”न्यायका लागि रोशनी साहले अन्तिम चेतावनी दिएकी छिन |

रौतहटको बृन्दावन नगरपालिका३ निवासी रोशनी साहले आफ्नै श्रीमानबाट चरम घरेलु हिंसा, मानसिक शोषण र सामाजिक अपमान सहनु परेको गुनासो गर्दै अब आफू अन्तिम लडाइँ लड्न तयार रहेको बताएकी छिन्। उनका श्रीमान् मिश्रीलाल साह हाल चन्द्रपुर नगरपालिकामा प्रशासकीय शाखा अधिकृतका रूपमा कार्यरत छन्।

content ad p2

श्रीमान् मिश्रीलाल साहले वैधानिक रूपमै आफूलाई विवाह गरे पनि पछिल्लो समय अर्को महिलासँग प्रेम सम्बन्ध राख्दै जबर्जस्ती सम्बन्धविच्छेद गर्न दबाब दिइरहेका छन्। “मसँग विवाह भएको हुँदाहुँदै पनि अर्कै महिलासँग विवाह गर्ने प्रयास, मलाई पद र पैसाको बलमा धम्क्याउने, कुटपिट गर्ने, सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्न लगाउने—सबै अत्याचार उनीबाट भइरहेको छ,” पीडित रोशनीले भनिन्।

त्यसतै रोशनी भन्छिन्, “म एक स्वाभिमानी महिला हुँ। न त सम्बन्धविच्छेद गर्न तयार छु, न त कुनै अर्को पुरुषसँग विवाह गर्ने सोच राखेकी छु।” उनले न्यायका लागि अनेक प्रयास गर्दा पनि राज्य संयन्त्रबाट उचित साथ नपाएको आरोप लगाउँदै भनिन्, “अब यदि न्यायलयले पनि न्याय दिएन भने म न्यायलयकै गेट अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नेछु।”रोशनीका अनुसार मिश्री लालले आफ्नो सरकारी पदको दुरुपयोग गर्दै सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाउन खोजिरहेका छन्। उनले सम्बन्धविच्छेदको सहमतिमा हस्ताक्षर गर्न पटक–पटक मानसिक दबाब दिइरहेको पनि बताइएको छ।

स्थानिय स्रोतका अनुसार रोशनी विगत लामो समयदेखि घरेलु हिंसा र सामाजिक दबाबबीच गुज्रिरहेकी छिन् तर सम्बन्ध टिकाउन र परिवार जोगाउनकै लागि उनले अहिलेसम्म कानुनी लडाइँ रोजेकी थिइनन्। तर अहिले अवस्था यति बिग्रिएको छ कि उनले अब या त न्याय पाउने नत्र ज्यान गुमाउने भन्ने अवस्थामा आफू पुगेको बताएकी छिन्।संबन्धित निकायहरू तथा मानव अधिकारवादी संस्थाहरूले यस घटनाको गम्भीर छानबिन गरी पीडित रोशनीलाई तत्काल न्याय दिनुपर्ने माग सर्वत्र उठ्न थालेको छ।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर