Lucky-Khabar_

कावरियाहरूद्वारा सात दिने पैदल यात्रापछि जिराभवानी मन्दिरमा जल अर्पण

राम सुन्द्र आर्य
२२ साउन,बिरगंज ।कावरियाहरूद्वारा सात दिने पैदल यात्रापछि जिराभवानी मन्दिरमा जल अर्पण गरेका छाना|कावरियाहरूले सात दिनको लामो पैदल यात्रापछि आज साउन महिनाको त्रयोदशीका दिन जिराभवानी मन्दिरमा जल चढाएका छन्।उनीहरूले बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा परासी जिल्लास्थित पवित्र नारायणी नदीबाट जल भरेर यो यात्रा पूरा गरेका हुन्।

कावरियाहरूको करिब सात सय जना समूह साउन १५ गते यात्राका लागि प्रस्थान गरेको थियो। संघका सदस्य बैजनाथ दास थारुका अनुसार, उनीहरूले नारायणी नदीबाट जल भरेर भारतीय बाटो हुँदै कठिन पैदल यात्रा गरी आज जिराभवानी मन्दिर पुगेका थिए। यस यात्रामा जिराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाका नागरिकहरूको सहभागिता रहेको थियो। साथै, भारतको भंगहा, रामपुर, सिसवा, बेहतरी, धुमाटाड र जसौलीजस्ता गाउँका नागरिकहरू पनि सहभागी थिए।

प्रदेश सांसद शंकर प्रसाद चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र उपाध्यक्ष रेखा चौधरी कावरियाहरूको स्वागतका लागि मन्दिर परिसरमा पुगेका थिए। गाउँपालिकाले कावरियाहरूका लागि खाजा, खानेपानी, स्वास्थ्य परीक्षण र औषधोपचारको व्यवस्था मिलाएको थियो। मन्दिरमा शान्तिपूर्ण रूपमा पूजापाठ र जल अर्पणको कार्य सम्पन्न गर्न सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिएको थियो।

content ad p2

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर