Lucky-Khabar_

रास्वपाका सापकोटा चार दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै सानदार मतान्तर सहित विजयी

राम सुन्द्र आर्य
२२साउन, रौतहट। रास्ट्रिय सवतन्त्र पार्टीका उदयनारायण सापकोटा चार दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै सानदार मतान्तर सहित विजयी भएको छ |चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि भएको निर्वाचनमा सापकोटा (सुरेन) विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा उनले चार दलीय गठबन्धनका साझा उम्मेदवार सुनिल कुमार साहलाई २३३ मतको झन्डै दोब्बर मतको फराकिलो अन्तरले हराउँदै अध्यक्ष पद हात पार्न सफल भएका हुन्।

content ad p2

सापकोटाले कुल ५०२ सदर मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी साहले २६९ मतमा सिमित हुनुपर्‍यो भनि निर्वाचन समिति संयोजक दिलीप कोइरालाले जानकारी दिए । यस निर्वाचनमा ३१ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।चार दल (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा) को समर्थन पाएका साहलाई भारी मतान्तरले पराजित गर्दै रास्वपाका सापकोटाले आफ्नो पकड अझै बलियो बनाएका छन्। यसअघि पनि संघको नेतृत्वमा रहँदै व्यापारी हितका काममा सक्रिय देखिएका सापकोटा पुनः निर्वाचित भएपछि व्यापारी समुदायमा उत्साह थपिएको देखिन्छ।

सापकोटाको जितलाई चन्द्रपुरको स्थानीय राजनीति र उद्योग क्षेत्रको शक्ति सन्तुलनमा महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ। यस जितसँगै चन्द्रनिगाहपुरमा राजनीतिक तहमा समेत हलचल सिर्जना भएको चर्चा व्यापक छ।यो जितले चपुरमा मात्र नभई पुरै देशमा रास्वपाको लहर चलेको छ भने स्थानीयको भनाई छ | सापकोटालाई बधाई दिनेहरूको ओइरो लागेको छ। व्यवसायी, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा शुभकामना दिइरहेका छन्। अब संघले सापकोटाको नयाँ कार्यकालमा व्यापारीका मुद्दाहरू अझ मजबुतीका साथ अघि बढाउने अपेक्षा गरिएको छ।

स्मरणीय छ, सापकोटाले यसअघि संघको भवन निर्माण, व्यवसायी समस्या समाधान तथा नीतिगत पैरवीमा सशक्त भूमिका निर्वाह गरेका थिए। चुनावअघि सार्वजनिक गरिएको उनको ११ बुँदे एजेन्डा पनि व्यापक रूपमा सकारात्मक रूपमा लिइएको थियो।नव निर्वाचित अध्यक्ष सापकोटाले निर्वाचनपछि दिएको प्रतिक्रियामा सबै व्यापारीको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै संघलाई अझ सबल, गतिशील र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर