Lucky-Khabar_

वीरगञ्जको भोजपुरी लोकप्रिय गायक सुनिल पण्डितको “राज करतानि” बोलको गीत सार्वजनिक

राम सुन्द्र आर्य
२ भदौ,वीरगञ्ज । वीरगञ्जको लोकप्रिय भोजपुरी गायक सुनिल पण्डितको ‘राज करतानी’ वोलको नयाँ गीत सार्वजनिक गरिएको छ।सोमबार बिहान गायक पण्डितकै आधिकारिक युट्युब च्यानल सुनिल पण्डित अफीसीयल मार्फत बजारमा ल्याइएको हो।

content ad p2

वीरगञ्जमा छायाङ्कन गरिएको गीतको भिडियोमा चर्चित टिकटकर निभा यादव, कमेडियन (हास्यकलाकार) दीपेश शर्मा र गायक पण्डितका छोरा धिरज पण्डितको अभिनय रहेको छ ।

सुनिल पण्डित र चर्चित गायिका शिल्पी राजको सुमधुर आवाजमा रहेको यस गीतमा शब्द (लिरिक्स) शिव साजनले लेखेका हुन् भने सङ्गीत मन्टु मनिषले दिएका छन् ।

भिडियो निर्देशन (डाइरेक्शन) नवीन नेपालीले गरेका छन् । साथै मेकअप आर्टिस्टको भूमिकामा मधु चौधरी रहेका छन् ।

आकर्षक जोडीको प्रस्तुतिसहित तयार गरिएको उक्त भिडियोले दर्शक तथा श्रोतालाई नयाँ अनुभव दिने विश्वास गरिएको गायक पण्डितले बताएका छन् ।कलाकारहरूले गीत विमोचन समारोहमा आ-आफ्ना अनुभव सुनाउँदै दर्शक तथा श्रोताहरूलाई गीतलाई माया गरिदिन आग्रह गरे ।

सम्बन्धित खबर

पर्साको डीएसपी राजु कार्कीको कार्यशैलीप्रति स्थानीयको प्रशंसा, सम्मान गर्नुपर्ने आवाज

लक्की खबर

सिरहाको मिर्चैयामा व्यवसायीसँग रास्वपा नेता तपेश्वर यादवको अन्तरक्रिया

लक्की खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर