Lucky-Khabar_

पर्सामा अदालतबाट धरौटीमा छुटेका व्यक्ति अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

बिरगंज|पर्सामा अदालतबाट धरौटीमा छुटेका व्यक्ति अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा भएको छ | कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा फरार भएर पछि अदालतमा हाजिर भई धरौटीमा रिहा भएका अदालतका एक व्यक्ति त्यही अदालतमा कार्यरत रहेको खुलासा भएको छ।

content ad p2

पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिका-२ का अनिलकुमार कुशवाहा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न भएको आरोपमा फरार भएर पछि अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका थिए । करिब एक महिनाअघि पर्सा जिल्ला अदालतले उनलाई ७० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

धरौटीमा छुटेका कुशवाहा बिहीबार पुनः पर्सा जिल्ला अदालतकै लेखा शाखामा कर्मचारीका रूपमा हाजिर भएका हुन्। एकातिर ज्यान मार्ने उद्योग जस्तो गम्भीर मुद्दामा आरोप लागेका व्यक्ति धरौटीमा छुटेर पुनः त्यही अदालतमै कर्मचारीका रूपमा कार्यरत रहेको खुलासा भएको हो।


धरौटीमा छुटेपछि मुद्दा खेपिरहेका व्यक्तिलाई पुनः त्यही निकायकै काममा संलग्न गरिनु न्यायिक प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ। वीरगन्जका एक अधिवक्ताले भने, ‘आरोप लागेका व्यक्तिलाई सोही कार्यालयमै जिम्मेवारी दिनु न त उचित हो, न त पारदर्शिता कायम हुने अवस्था छ।’

आफ्नै चलिरहेको मुद्दामा प्रभाव पार्नकै लागि कुशवाहा हाजिर भएको आशंका गरिएको छ। यसरी न्यायिक निकायमै मुद्दा खेपिरहेका व्यक्तिलाई कार्यरत राख्नु भनेको अनुसन्धान र सुनुवाइको निष्पक्षता कमजोर पार्ने सम्भावना हुनसक्ने ती अधिवक्ताले बताए।
उनले भने, ‘धरौटीमा छुट्नु दोषमुक्त हुनु होइन, केवल थुनामुक्त हुनु मात्रै हो। यस किसिमका संवेदनशील मामिलामा अदालत आफैं बढी सावधान हुनुपर्ने हो।’

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले कुशवाहा लेखा शाखामा कार्यरत भएकाले न्यायिक निकायको मूल निर्णय प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध नराख्ने बताए। तर, उनको गतिविधि माथि निगरानी गरिने उनले बताए।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर