Lucky-Khabar_

बीरगंजमा ग्रीन सिटी सामुदायिक सेवा र प्रहरी सेवा केन्द्र, वीरगंज पर्साको सँयुक्त आयोजनामा बृहत बृक्षा रोपण कार्यक्रम सम्पन्न

बीरगंज| बीरगंज न्या बसपार्कको पुर्व फुलवारी टोल सडकमा ग्रीन सिटी सामुदायिक सेवा र प्रहरी सेवा केन्द्र, वीरगंज पर्साको सँयुक्त आयोजनामा बृहत बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ| आज बिहान ७:३० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिकाका वडा नं १६नयाँ बस पार्कको पुर्व पटी जानें फुलवारी टोलमा भएको छ|

content ad p2


वीरगंज महानगरपालिकाको कार्यालय वीरगंज पर्सा , राष्ट्र पति चुरे तराई मधेश संरक्षण विकास समिति भरत पुर चितवन तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको सँयुक्त आयोजनामा बृहत बृक्षा रोपण कार्यक्रम भएको हो|

उक्त कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख श्री मान राजेश मान सिँह तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा नागरिक समाज समाजसेवी,सुरक्षा निकायका पदाधिकारी संचारकर्मी,सरकारी गैर सरकारी संघ संस्थाका पधाधिकारी तथा यस सेवा केन्द्र पधाधिकारीहरु लगायत अन्दाजी २५० जनाको उपस्थिती रहेका थिए ।


त्यस्तै कार्यक्रममा प्रमुख अथिति लगायत प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी,सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की,सशस्त्र प्रहरी उपरीक्षकपुरन चन्द्र भट्ट, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्माटी,सदस्य चन्द्र अग्रवाल सुशीलकादमियाँ,रतन टेमानि, बसन्त प्रसाद उपाध्याय,वीरगंज महानगरपालिकाका सरसफाई अधिकृत सर्फुदिन मियाँ नगर प्रहरी निरीक्षकहरि प्रसाद भुसाल,संचार कर्मी अभिलाष गुप्ता, सुष्मिता यादव सामाज सेवीकमल चाौगाई, वीरगंज महानगरपालिका वातावरण अधिकृत प्रकाश ऐर लगायत अन्य ब्यक्तिहरुको विषेस उपस्थिति रहेका थिए |

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर