Lucky-Khabar_

मन्त्री यादवलाई फोनमा धम्की दिने युवती किरणविरुद्ध तिनवटा मुद्दामा म्याद थप

राम आर्य
बिरगंज| मन्त्री यादवलाई फोनमा धम्की दिने युवती किरणविरुद्ध तिनवटा मुद्दामा म्याद थप भएको छ | खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साह विरुद्ध जिल्ला अदालत वीरगन्जबाट तीन दिन पुर्पक्षमा राख्न म्याद थप भएको छ।

शनिबार पक्राउ परेकी किरण साहविरुद्ध तीनवटा मुद्दामा अदालतबाट म्याद थप भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएको छ। साहको विरुद्धमा विद्युतीय अपराधसम्बन्धी कसुर, सघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर मुद्दमा म्याद थप भएकोलम्सालले बताए।

content ad p2

मन्त्री यादवको सचिवालयबाटशनिबार किरणविरुद्ध उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। किरणले मन्त्री यादवलाई “हैजा लागेर मान्छे मरेको तपाईं के गर्दै हो?” भन्ने प्रश्न गरेकी थिइन्।

शुक्रबार राति सामाजिक सन्जालमा सार्वजनिक एउटा अडियोमा खानेपानीमन्त्री यादव र किरण साहबिच कुराकानी भएको अडियोमा किरणले कडा शब्दमा मन्त्री यादवलाई वीरगन्जमा फैलिएको हैजाबारे प्रश्न गरेकी छिन्। खानेपानीमन्त्रीलाई फोन गरेर हैजासँग सम्बन्धित समस्याबारे जानकारी गराउन किरणले खोजेकी थिइन्। तर, पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा गर्न नपाएपछि उनले आक्रोश व्यक्त गरेको अडियोमा सुनिन्छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर