बिरगंज| जनता समाजवादी पार्टी नेपाल(जसपा)मा आज पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवारी दिएका सुन्दर साह कानु प्रवेश गरेका छन्।

साहलाई विशेष कार्यक्रममार्फत मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले पार्टीमा स्वागत गरेका हुन्। यस अवसरमा पूर्व मुख्यमन्त्री राउतले साहको प्रवेशले जसपाको संगठन अझ बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। उनले मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे।पार्टी प्रवेशपछि साहले जसपाको नीति तथा सिद्धान्तप्रति आस्था व्यक्त गर्दै मधेस र जनताको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै उक्त पार्टी प्रवेश कार्यक्रमको प्रमुख अथिति मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी रहनु भएको थियो भने जसपा जिल्ला अध्यक्ष राम नरेश यादव,केन्द्रिय सदस्य शशी कपुर मिया,करिमा बेगम, वडा अध्यक्ष अजय पजापति तथा पार्टीका स्थानीय नेता तथा कार्यकताहरुको विषेस उपस्थिति रहेका थिए | |



