Lucky-Khabar_

रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

रौतहट । रौतहटको बौधीमाइ नगरपालिका –४, इनरबारिका करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

खेतमा पानी हाल्नेक्रममा विद्युतीय मोटरमा करेन्ट लागेर सोमबार बिहान १० बजेर २५ मिनेटको समयमा मिश्र घाइते हुनु भएको थियो । घाइते भएपछि मिश्रलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो ।

प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा सोमबार बिहान ११ बजेर १२ मिनेटमा मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले बताउनुभयो ।

content ad p2

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर