Lucky-Khabar_

कक्षा कोठामै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उदयपुरमा प्रधानाध्यापक पक्राउ

काठमाडौं |कक्षा कोठामै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा उदयपुरमा प्रधानाध्यापक पक्राउ परेको छ| उदयपुर जिल्लाको बेलका नगरपालिका २ मा सञ्चालित कन्चनजंगामा हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकाका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ बर्षिया बालिका बलात्कार गरेको आरोपमा उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट आरोपित श्रेष्ठले बोडिङ्गकै कोठामा बालिकालाई बलात्कार गरेको खुलेको छ । बालिकालाई जबरजस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनी बालिकाको आफन्तबाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका पक्राउ गरिएको हो ।

content ad p2

पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर