Lucky-Khabar_

हैजाबारे गुनासाे गर्ने युवतीमाथि मुद्दा, मन्त्री यादवको पक्षमा प्रदर्शन

राम आर्य
वीरगन्ज| वीरगन्जमा हैजा नियन्त्रणबाहिर रहेको भन्दै गुनासो गर्ने युवतीलाई थुनाउने खानेपानीमन्त्री प्रदीप यादवको पक्षमा उनका कार्यकर्ताले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साअगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले किरण साहमाथि कारबाहीको माग गरेका थिए। उनीहरूका अनुसार पानीको अभाव भएको समयमा जिल्लामा खटिएर सहयोग गर्ने नेतालाई युवतीले धम्की दिएको जिकिर गर्दै कानुनी कारबाही आवश्यक भएको बताएका छन्।प्रदर्शनको नेतृत्व नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य तथा जसपाका केन्द्रीय सदस्य सल्मा खातुन र मधुमाला यादवले गरेका थिए।

यसअघि सोमबार भने महिलाहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै किरणको तत्काल रिहाइको माग गरेका थिए।उनीहरूले हैजा र झाडापखालाले पीडित अवस्थामासमेत समस्याबारे प्रश्न गर्दा पक्राउ गरिएको भन्दै असन्तोष जनाएका थिए।वीरगन्जमा हैजा फैलिँदा आफ्ना बा–आमासहित परिवारका सदस्य अस्पताल भर्ना भएको बताउँदै किरणले मन्त्री यादवलाई फोनमार्फत ‘खानेपानीमन्त्री भएर वीरगन्जमा कस्तो पानी बाँड्नुभयो ? रोकथामका लागि के गर्नुभयो ?’ भन्ने प्रश्न गरेकी थिइन्। तर, सो घटनापछि मन्त्रीले उनलाई तीनवटा मुद्दा लगाएर थुनाएका छन्।

content ad p2

शुक्रबार राति मन्त्री यादव र किरणबीचको टेलिफोन वार्ताको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। अडियोमा किरणले पटक–पटक फोन गर्दा पनि मन्त्रीसँग कुरा हुन नसकेपछि आक्रोश व्यक्त गर्दै हैजाबारे कठोर प्रश्न उठाएको सुन्न सकिन्छ।

You said:

सम्बन्धित खबर

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर