काठमाडौं । जेनजी पुस्ताको नेतृत्वमा बनेको संगठन ‘कमन जेनजी नेपाल’ ले सातै प्रदेशमा इन्चार्ज र संयोजक तोकेको छ।
केन्द्रीय संयोजक समितिको बैठकले संगठन विस्तार र आगामी अभियान सशक्त बनाउन प्रत्येक प्रदेशमा जिम्मेवार व्यक्ति तोकेको हो।

।राष्ट्रिय अध्यक्ष विकेश साहले आइतबार विज्ञप्ती जारी गर्दै राष्ट्रिय भेलाले गरेको निर्णय सार्वजनिक गरेका छन् । बैठकका अनुसार प्रदेश इन्चार्जले संगठन विस्तार र नीति कार्यक्रम कार्यान्वयनमा नेतृत्व गर्नेछन् भने संयोजकहरूले स्थानीय युवा परिचालनमा भूमिका निभाउनेछन्।
राष्ट्रिय अध्यक्ष साहका अनुसार
उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी,कोशी प्रदेशमा इन्चार्ज सुशिल पासवान र संयोजक नविन साह,मधेस प्रदेशमा इन्चार्ज रविन्द्र यादव र संयोजक प्रदिप साह,बागमती प्रदेशमा इन्चार्ज विकास झा र संयोजक प्रसुन्ना आचार्य रहेका छन्।
त्यसैगरी,
गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार,लुम्बिनी प्रदेशमा इन्चार्ज विकेश यादव र संयोजक पवन साह,कर्णाली प्रदेशमा इन्चार्ज प्रिन्स साह र संयोजक सोनिया पटेल,सुदूरपश्चिम प्रदेशमा इन्चार्ज दिपेन्द्र सिंह कुँवर र संयोजक राजन साहलाई जिम्मेवारी तोकिएको छ।
भेलाले जेनजी आन्दोलनसँग भएको “धोखा” बारे देशव्यापी भण्डाफोर अभियान चलाउने र जेनजी हत्यारामाथि कानुनी कारबाही नभए गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने चेतावनी दिएको छ।
यसैबीच, राष्ट्रिय भेलाबाट पारित निर्णय, निष्कर्ष र धारणा सार्वजनिक गर्नका लागि ‘कमन जेनजी नेपाल’ले सोमबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।
संस्थाले चाँडै जिल्ला तहसम्म संरचना विस्तार गर्ने तयारी समेत गरेको जनाएको छ।




