Lucky-Khabar_

सुदूरपश्चिम रोयल्सले १८ रनले विजयी, पोखराको दोस्रो हार

काठमाडौं| दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जीत दर्ता गर्दै पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९४ रन बनायो। जवाफमा पोखरा १७५ रनमै रोकियो।

content ad p2

सुदूरपश्चिमका जस ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्कासहित अर्धशतक प्रहार गरे। विनोद भण्डारीले ४३ रन थप्दै ब्राउनसँग मिलेर १०८ रनको साझेदारी गरे, जुन प्रतियोगिताको दोस्रो ठूलो ओपनिङ पार्टनरशिप हो।

पोखराबाट कप्तान कुशल भुर्तेलले ५३ रन बनाए भने जिमी निसमले ४७ रन जोडे। सुरुआतमै दुई विकेट गुमाएपछि पोखरा दबाबमा पुग्यो र २० ओभरमा ८ विकेट गुमाएर हार बेहोर्नुपर्‍यो।

सुदूरपश्चिमका हर्मित सिंहले २ विकेट लिए भने अन्य पाँच बलरले समान १–१ विकेट बाँडे। पोखराका निसमले ३ विकेट लिए।
शनिबार हुने खेलमा कर्णाली याक्स बनाम लुम्बिनी लायन्स तथा विराटनगर किंग्स बनाम काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर