८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसँग भेटवार्ता असफल भएपछि आन्दोलित बनेको जेनजी समूह मंगलबार सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले समयमै रोकिदिएको छ।

सोमबार प्रधानमन्त्रीले समय नदिएको भन्दै असन्तुष्ट रहेका युवाहरू सिंहदरबारको मुख्य गेटतर्फ अघि बढेका थिए। तर, त्यहाँ खटिएका सुरक्षा प्रहरीहरूले उनीहरूलाई निषेधित क्षेत्र भएकाले प्रवेश गर्न नदिई तत्काल पछाडितर्फ धकेलेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, संवेदनशील क्षेत्रतर्फ जबरजस्ती छिर्न खोजेकाले समूहलाई त्यहीँबाट हटाइएको हो।
युवाहरूलाई प्रहरी सरकारले केवल सिंहदरबार परिसरबाट मात्र नभई अनामनगरस्थित भाटभटेनी क्षेत्रदेखि नै टाढासम्म धपाएको बताइएको छ। प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने योजना बनाएका जेनजी समूहका युवाहरूलाई बलपूर्वक रोकिएपछि परिसरमा कुनै अवाञ्छित घटना हुन पाएन।
घटनाले युवाहरूको राजनीतिक दवाब दिने कोसिस र सरकारले अपनाएको कडा सुरक्षा तयारीबीचको तानातानलाई स्पष्ट रूपमा देखाएको छ।


