Lucky-Khabar_

बिरगंज– भारतको रक्सौल मितेरीपुल परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बिरगंज|रक्सौल सीमाक्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित मितेरीपुल परिसरमा आज बीरगंज महानगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा,जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

content ad p2

कार्यक्रमले सीमाक्षेत्रको वातावरणीय संरक्षण, धूलो–धूँवा नियन्त्रण तथा दीर्घकालीन सौन्दर्यकरणमा महत्वपू्र्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
अध्यक्ष जय प्रकाश खेतानले वृक्षारोपणलाई महानगरको दीर्घकालीन वातावरणीय योजना जोडिएको अभियान भएको बताउँदै भने हरियाली केवल सौन्दर्यका लागि मात्र होइन, स्वास्थ्य, वातावरण र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो। सीमाक्षेत्रलाई स्वच्छ र आकर्षक बनाउनु महानगरको प्राथमिकता हो, यस्ता अभियानहरूलाई हामी निरन्तरता दिनेछौँ।

उनले नगरबासी, सुरक्षा निकाय र स्वयंसेवी संस्था सबैको सहकार्यले मात्र दीगो वातावरण निर्माण सम्भव हुने धारणा व्यक्त गरे।ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक,डीएसपी राजु कार्की,ट्राफिक प्रमुख युबराज कटवाल,सरसफाई महाशाखाका सर्फुदिन मिया,महानगर प्रहरी प्रमुख हरि भुसाल,सशस्त्र प्रहरी बल नं.१३ गण हेडक्वार्टरका प्रमुख पुरन चन्द्र भट्ट,बीरगंज भन्सारका डीएसपी पुरुषोत्तम भण्डारी,नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई,भारतिय सुरक्षा बल एसएसबिका सिओ संजय रावत,दीपक कृष्णा(DY),नवीन कुमार (DY)लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

महानगरका पदाधिकारी, सामुदायिक प्रहरी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीयबासिन्दाको उल्लेखनीय सहभागिताले वृक्षारोपण अभियान अत्यन्त सफल बनेको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर