Lucky-Khabar_

पर्सा प्रहरीले १०४ केजीभन्दा बढी गाँजासहित कार र दुई जना पक्राउ

बिरगंज| सोमबार दिउँसो करिब ३ बजे पटेर्वासुगौली गाउँपालिका–२, रंगपुर क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले जाँचका क्रममा एक कारबाट गाँजा बरामद गरेको हो।

content ad p2

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बिएबि–९३९८ नम्बरको मारुती सुजुकी कार रोकिएको प्रहरीले जनाएको छ। खानतलासी गर्दा प्लास्टिकले बेरेर लुकाइ–छिपाइ राखिएका १० पोकामा १०४ किलो ३२५ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ।

प्रहरीले उक्त कारका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुरगढी गाउँपालिका–१ का 38 वर्षीय कुमार स्याङ्तान रहेका छन्।

उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन्।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर