Lucky-Khabar_

सिम्रौनगढबाट प्रहरीकै मिलेमतोमा तस्करी भएको भारतीय चकलेट कलैयामा नियन्त्रण

बारा । बाराको सिम्रौनगढ क्षेत्रबाट प्रहरीको मिलेमतोमा नेपाल भित्रिएको भारतीय चकलेट कलैयामा प्रहरीले नियन्त्रणमा लिएको छ।

content ad p2

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले आज बिहान कलैयाबाट ना.२च १३०४ नम्बरको पिकअपसहित ठूलो परिमाणमा भारतीय चकलेट बरामद गरेको हो। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको प्रहरीले जनाएको छ।

बारा प्रहरीले तस्कर बिरुद्ध अभियान जारि राखेकोमा गत समय चिकनि बेलदारिमा तस्करिसंग मुडभेडमा गोलि समेत चलेको पनि थियो |तर समातिएको उक्त चकलेट प्रहरीको मिलेमतोमा सीमा पार गराइएको श्रोतले दाबी गर्दैमा प्रहरीले भने कुनै पनि किसिमको आर्थिक लेनदेन वा संलग्नता नरहेको बताएका छन्।

श्रोतका अनुसार दीपक र भोला नामका तस्करले गएराति उक्त चकलेट भारतबाट नेपाल भित्र्याएका थिए। सिम्रौनगढ क्षेत्र हुँदै हाल व्यापक रूपमा तस्करी भइरहेको स्थानीयले बताएका छन्।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर