Lucky-Khabar_

इञ्जिनियर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं | विशेष अदालतले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत तत्कालीन इन्जिनियर सन्तोष कुमार यादवलाई घुस (रिसवत) मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजायको फैसला सुनाएको छ।

content ad p2

अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले यादवलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र ५ लाख ७० हजार जरिबाना ठहर गरेको छ। यादव सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर हुन्। यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनका लागि घुस (रिसवत) माग गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

सेवाग्राहीबाट यादवले गत जेठ १ गते ५ लाख ७० हजार घुस (रिसवत) लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो। इन्जिनियर यादवले २०८१ चैत ८ गते पनि सेवाग्राहीबाट भुक्तानी प्रक्रिया अघि बढाइदिए वापत १ लाख रुपैयाँ घुस लिएको दाबी अख्तियारको छ।

खोटाङमा निर्माणाधीन सडकको पाँचौं रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग घुस लिएको अभियोग लगाउँदै अख्तियारले गत जेठ २२ गते मुद्दा दायर गरेको थियो। अदालतले अपराध पीडित ऐन,२०७५ को दफा ४१ बमोजिम यादवबाट उक्त विगोको ४० प्रतिशतले हुन आउने रकम २२ हजार ८ सय रुपैंया क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा भराइदिने ठहर समेत गरेको छ।समाचार पुनर्लेखन

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर