Lucky-Khabar_

जाँचबुझ आयोगले ओली र लेखकलाई अर्काे साता बयानमा बोलाउने

काठमाडौं| जेन–जी आन्दोलनका क्रममा भएको दमन र क्षतिबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आगामी साता बयानमा बोलाउने तयारी गरेको छ ।

content ad p2

आयोगले पछिल्लो एक सातादेखि तत्कालीन गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूको बयान लिइरहेको छ । बाँकी बयान सकिएपछि ओली र लेखकलाई क्रमैसँग बोलाइने आयोगले जनाएको छ ।

आयोगको तीन महिनाको म्याद सकिन एक साता मात्र बाँकी रहेकाले म्याद थपबारे प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल भएको छ । बाँकी कामका कारण तोकिएको समयभित्र छानबिन सकिन नसक्ने आयोगको भनाइ छ ।

यसैबीच सरकारले थप दिएको कार्यादेश कानुनसँग बाझिन सक्ने भन्दै आयोगले असन्तुष्टि जनाएको छ । हालसम्म आयोगले १५० जनाभन्दा बढीको बयान र कागजात संकलन गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर