Lucky-Khabar_

रास्वपाको प्रथम सखुवा प्रसौनी पालिका भेला सम्पन्न

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सखुवा प्रसौनी पालिका भेला सम्पन्न भएको छ।

content ad p2

भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय पालिका समिति गठन गरेको छ।

समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी चयन भएकी छन्।

सचिवमा अफजल हुसेन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो तथा सहसचिवमा जनक राज कँडेल चयन भएका छन्।

त्यसैगरी, सदस्यहरूमा बिरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी रहेका छन्।

भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति हरि पन्तले भाद्र २३ र २४ मा भएको जेन–जी विद्रोहले काँग्रेस, एमाले, माओवादी तथा मधेसवादीजस्ता पुराना दलहरूको सान्दर्भिकता समाप्त भएको सन्देश दिएको बताए।

उनले उक्त आन्दोलनले रास्वपाको आवश्यकता र महत्त्व स्थापित गरेको दाबी गरे।

पन्तले आगामी निर्वाचनमा रास्वपालाई भारी मतले विजयी गराउन सबैलाई आग्रह गरे।

भेलामा रास्वपा उपसभापति तुलसा पौडेल, अमन आलम, सबबु कँडेल, महेन्द्र दास र सोनालाल पटेललगायत नेताहरूले सम्बोधन गरेका थिए।

रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको सभापतित्वमा सम्पन्न भेलामा कृष्णा पासवानले सहजीकरण गरेका थिए।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर