Lucky-Khabar_

पर्सामा लागूऔषध कारोबारमाथि कडा कारबाही : ट्रकबाट २ सय ४० केजी चरेससहित दुई जना पक्राउ

वीरगन्ज|पर्सा प्रहरीले लागूऔषध तस्करीविरुद्धको अभियानलाई तीव्र बनाउँदै फेरि ठूलो परिमाणमा चरेस बरामद गरेको छ। एक साताअघि वीरगन्जबाट १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित सडकमा नियमित सवारी चेकजाँचका क्रममा मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको मालवाहक ट्रक रोकी जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटम बनाई लुकाइएका १३६ प्याकेटभित्र राखिएको २ सय ४० केजी चरेस फेला परेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए।

content ad p2

चरेससहित ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार सोही स्थानका २१ वर्षीय नवराज लोलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेस र ट्रकसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर