Lucky-Khabar_

पर्सामा लागूऔषध कारोबारमाथि कडा कारबाही : ट्रकबाट २ सय ४० केजी चरेससहित दुई जना पक्राउ

वीरगन्ज|पर्सा प्रहरीले लागूऔषध तस्करीविरुद्धको अभियानलाई तीव्र बनाउँदै फेरि ठूलो परिमाणमा चरेस बरामद गरेको छ। एक साताअघि वीरगन्जबाट १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित सडकमा नियमित सवारी चेकजाँचका क्रममा मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको मालवाहक ट्रक रोकी जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटम बनाई लुकाइएका १३६ प्याकेटभित्र राखिएको २ सय ४० केजी चरेस फेला परेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए।

content ad p2

चरेससहित ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार सोही स्थानका २१ वर्षीय नवराज लोलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेस र ट्रकसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर